३ दशकपछि मेयर आचार्यको परिचय ‘धनी धनराज’
पाेखरा | साउन ५, २०७९
पोखरा महानगरपालिकाको मेयर निर्वाचित भएपछि धनराज आचाार्यले २ महिनाभित्र सम्पत्ति विवरण सार्वजनिक गर्ने प्रतिबद्धताअनुरुप उनले वचन पुरा गरेका छन् ।
मेयर आचार्यले बुधबार साँझ सार्वजनिक गरेको विवरण अनुसार उनी नेपालकै ‘धनी’ मेयर कहलिएका छन् ।
उनले सार्वजनिक गरेअनुसार आचार्यको ४ वटा घर रहेकोछ । जसमध्ये २ घर पोखराको नयाँबजारमा छ । उक्त घरको स्वामित्व श्रीमति पुष्पाको नाममा छ । त्यस्तै, एउटा घर पोखराको ११ नम्बरमा छ भने अर्काे काठमाण्डौंको सीतापाइलामा रहेको विवरणमा उल्लेख छ ।
सार्वजनिक गरिएको विवरणमा आचार्यसँग दोलखामा करिब ८७ लाख रुपैयाँ पर्ने ५८ रोपनी ७ आना जग्गा रहेको छ । घर र जग्गाको हालको मूल्यअनुसार अनुमानित १५ करोड रुपैयाँ रहेको छ ।
त्यस्तै, आचार्यसँग ३ कार, १ भ्यान र ३ स्कुटर रहेको छ । कारमध्ये एउटा जापानमा बनेको टोयोटा कम्पनीको ¥याभ–४ हो । सवारीसाधनको कूल मूल्य २ करोड रुपैयाँ उल्लेख छ ।
यसैगरी, मेयर आचार्यको २५ करोड ९९ लाख ४५ हजार ६ सय १६ रुपैयाँ बराबरको सेयर र विभिन्न कम्पनीमा लगानी छ भने बैंकमा १५ लाख रुपैयाँ बचत रहेको उल्लेख छ ।
मेगा बैंक र सिटी डेभलपमेन्ट बैंकमा प्रमुख सेयर रहेको आचार्यको सुपर मादी हाइड्रो, हेवा खोला हाइड्रो र तमोर जलविद्युत आयोजनामा पनि लगानी रहेको छ ।
४३ करोड ६१ लाख ४५ हजार ४५ हजार ६ सय १६ रुपैयाँ बराबरको सम्पत्ति देखाएका मेयरसँग २ करोड ८५ लाख रुपैयाँ ऋण तिर्न बाँकी छ ।
साथै, विवरणमा आचार्यले ५ तोला हिरा, ५४ तोला सुन र ३८ तोला चाँदी रहेको जनाएका छन् ।
पृथ्वीनारायण क्याम्पसमा स्ववियुबाट राजनीतिसँगै व्यापारमा हात हालेका आचार्य सभापति भएपछि राजनीतिक कम र व्यापारमा बढी लागेका हुन् । सुरुवाति दिनमा पुस्तक पसल र पब्लिकेशनमा हात हालेका आचार्य ३ दशकभित्र जलविद्युत, कृषि, पर्यटन, बैंकलगायत २ दर्जन व्यावसायिक प्रतिष्ठानका मालिक बनेका छन् ।
व्यापारमा सफल मानिएका आचार्य पछिल्लो समय नेकपा एमाले फुटेर बनेको नेकपा एकीकृत समाजवादीबाट महानगरको मेयर चुनिएका हुन् ।
चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...
पोखरा —चङ्गा प्रोडक्सनको आयोजनामा पोखरा रङ्गशालाको कभर्ड हलमा सम्पन्न ‘चङ्गा अल–स्टार फुटसल २०२६’ प्रतियोगितामा टिम प्याराडाइम च्याम्पियन बनेको छ । फाइनल खेलमा टिम क्रियटरलाई...
पोखरा —प्रोडक्सनको क्षेत्रमा लोकप्रिय तथा चर्चित चङ्गा प्रोडक्सनले पोखरा रङ्गशालाको कभर्ड हलमा आगामी शुक्रबार आयोजना गर्ने “चङ्गा अल–स्टार फुटसल २०२६“ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ...

